बुटवलमा कृषि मेला सुरु
बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा एघारौँ संस्करणको कृषि मेला–२०७९ सुरु भएको छ । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्दै मुलुकको अर्थतन्त्र सुधारको लागि भइरहेको कृषिजन्य बस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिए ।
नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषिजन्य बस्तुको उपभोग पनि आयातमा धानिएको बताउँदै उनले यही अवस्थामा अगाडि बढ्दा मुलुकको अर्थव्यवस्था झनै खस्किँदै जाने उल्लेख गरे । मुलुकको अर्थव्यवस्था सुधारको लागि अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषिको व्यावसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने बताउँदै यस तर्फ सरकार पनि गम्भीर हुनु पर्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिको व्यावसायिक विकासको लागि प्रवर्द्धनात्मक रूपमा कृषि मेला सञ्चालन बताउँदै कृषि मेलामा पोर्क (बंगुर)का परिकार सहितको फेस्टिभल आयोजना गरिएको जानकारी दिए । त्यसबाहेक च्याउ, दुग्ध, कोदो माछाका परिकार पनि मेलामा राखिने छ ।
मेलाको उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यावसायिक विकासको लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको बस्तु उत्पादन जोड दिनु पर्ने भनाई राखेका थिए ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला यही फागुनको ६ गतेसम्म चल्ने छ ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धी जानकारीमूलक र पोर्क फेष्टिभलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।
उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालमा पहिलो पटक विशिष्टीकृत कृषि मेला आयोजना गरेको थियो । यस बीचमा संघले नेपाल सरकार, कृषि विकास मन्त्रालयसँगको संयुक्त आयोजनामा छैटौँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला र एघारौँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सफलता पूर्वक सम्पन्न गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण