मधुबालालाई किन भनियो ‘भारतीय सिनेमाको नक्षत्र’ ?
काठमाडौं । आज फेब्रुअरी १४ ! मानिसहरू आजको दिनलाई प्रेम दिवसको रूपमा लिन्छन् ।
यसै दिन वर्षाै अगाडि एउटी सुन्दर युवतीको जन्म भएको थियो । जसको सुन्दरतामा मानिस मोहित हुन्थे । ती हुन् अभिनेत्री मधुबाला । उनलाई ‘भारतीय सिनेमाको नक्षत्र’ को रूपमा चिन्ने गरिन्छ ।
मधुबालाले मात्र ३६ वर्षमा यो संसारबाट बिदा दिएकी थिइन् । तर यो छोटो जीवनमा पनि उनले सम्झनलायक काम गरेकी छन् । जसका कारण आजसम्म उनीको प्रतिस्पर्धामा कोही देखिएको छैनन् ।
मधुबालाको जन्म १४ फेब्रुअरी १९३३ मा दिल्लीमा अताउल्लाह खान र आयशा बेगमको घरमा भएको थियो । ११ दाजुभाइ मध्ये मधुबाला पाँचौं थिइन् । उनको सुन्दरताको चर्चा जताततै थियो । घरको हेरचाह गर्न, अभिनेत्री सानैदेखि काम गर्थिन् । सन् १९४२ मा उनले ९ वर्षको उमेरमा फिल्म ‘वसन्त’ अभिनय गरेकी थिइन् । यो उनको फिल्मी करियरको सुरुवात थियो । यो फिल्मका लागि उनले जम्मा १५० रुपैयाँ पारिश्रमिक पाएकी थिइन् ।
९ वर्षको उमेरमा उनको नाम ‘बेबी मुमताज’ राखिएको थियो । मुमताजको वास्तविक नाम मुमताज जहाँ देहलवी थियो । त्यस समयकी चर्चित अभिनेत्री देविका रानीले मुमताजलाई आफ्नो नाम बदलेर मधुबाला राख्न सल्लाह दिएकी थिइन् ।
मधुबालाले फिल्म ‘नील कमल’ बाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी थिइन् । मधुबालाले ‘फागुन’, ‘हावडा ब्रिज’, ‘काला पानी’ र ‘चल्तीका नाम गाडी’ जस्ता फिल्म अभिनय गरेकी छिन् । योसँगै उनको चरित्र क्लासिकल फिल्म ‘मुगल–ए–आजम’ मा अमर रह्यो ।
मधुबालाको फिल्मी करियर जति सफल भयो, व्यक्तिगत जीवनमा पनि उनले त्यति नै समस्याको सामना गर्नुपरेको थियो । उनको जीवनमा यति धेरै पीडाहरू थिए कि उनलाई ‘द ब्यूटी विथ ट्राजेडी’ को उपाधि दिइएको थियो । यस बाहेक मधुबालाको अपार सौन्दर्यका कारण उनलाई ‘भारतीय सिनेमाको नक्षत्र’ पनि भनिन्छ । मधुबाला हिन्दी सिनेमाकी एकमात्र अभिनेत्री हुन् । जसको सौन्दर्यलाई हलिउडकी सुन्दर अभिनेत्री मर्लिन मुनरोसँग तुलना गरिन्छ ।
मधुबालाको मुटुमा प्वाल थियो । जसको जानकारी उनले सन् १९५० मा फिल्म ‘मुगल–ए–आजम’ को सुटिङका क्रममा जानकारी पाएकी थिइन् । तर उनी ठूलो परिवारको जिम्मेवारीले दबिएको र करियर उचाइमा रहेकोले उनले गम्भीर रोगलाई गम्भीर रूपमा लिइनन् । यस्तो अवस्थामा बिस्तारै यो रोग बढ्दै गयो । अन्ततः २३ फेब्रुअरी १९६९ मा मात्र ३६ वर्षको उमेरमा उनले यो संसारबाट बिदा लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण