शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसी विश्वकप लिग टू : नामिबिया र स्कटल्यान्ड खेल्दै

बुधबार, ०३ फागुन २०७९, ०७ : ५३
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिज मा आज बुधबार नामिबिया र स्कटल्यान्डले खेल्दैछन् । त्रिवि क्रिकेट मैदानमा हुने स्कटल्याण्ड र नामिबियाबीचको खेल आज बुधबार बिहान ९ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा नामिबिया पहिलो जितको खोजिमा हुनेछ । नामिबिया पहिलो खेलमा नेपालसँग २ विकेटले हारेको थियो । यता सिरिजको पहिलो खेल खेल्न लागेको स्कटल्याण्ड सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।

विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । यता नामिबिया ३१ खेलमा ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप