आईसीसी विश्वकप लिग टू : नामिबिया र स्कटल्यान्ड खेल्दै
बुधबार, ०३ फागुन २०७९, ०७ : ५३
काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिज मा आज बुधबार नामिबिया र स्कटल्यान्डले खेल्दैछन् । त्रिवि क्रिकेट मैदानमा हुने स्कटल्याण्ड र नामिबियाबीचको खेल आज बुधबार बिहान ९ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा नामिबिया पहिलो जितको खोजिमा हुनेछ । नामिबिया पहिलो खेलमा नेपालसँग २ विकेटले हारेको थियो । यता सिरिजको पहिलो खेल खेल्न लागेको स्कटल्याण्ड सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।
विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । यता नामिबिया ३१ खेलमा ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण