शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्कटल्याण्डविरुद्ध नामिबियाको १०० रन पूरा

बुधबार, ०३ फागुन २०७९, १० : ५९
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले स्कटल्याण्डविरुद्ध १०० रन पूरा गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २६ ओभरको समाप्तिमा १०० रन पूरा गरेको हो । 

नामिबियाका लागि लोहान्ड्रे लोरेन्स नट आउट ४३ रन बनाएका  छन्  । उनीसँगै  कृजमा रहेका ब्रान स्कोलेट  रन जोड्न सकेका छैनन् । यसअघि जान ग्रिनले २५ रन बनाए ।  नामिबिया २६ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १०१ रन बनाएको छ । 

पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग पराजित भएको थियो । त्यसैले नामिबिया पहिलो जित निकाल्न चाहान्छ । यता स्कटल्याण्ड सिरिजको पहिलो खेलमा जित निकाल्न चाहान्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप