शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नामिबियाले स्कटल्याण्डलाई दियो १५४ रनको लक्ष्य

बुधबार, ०३ फागुन २०७९, १२ : २३
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले स्कटल्याण्डलाई १५४ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभर २ बलमा अलआउट भएर १५३ रन बनाएको हो । 

नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बेर्नाड स्कोल्टेजले ३० रन बनाउँदा जान ग्रिनले २५ रन तथा प्रिन्कि फ्रान्सले ११ रन बनाए । 

यता स्कटल्याण्डका लागि मिचेल लेक्सले सार्वधिक चार विकेट लिए । त्यस्तै सफियान सरिफ र मार्क वाटले समान तीन-तीन विकेट लिए । आजको खेलमा नामिबिया सहज जित निकाल्दै आफ्नो पहिलो जित दर्ता गर्न चाहन्छ । यता स्टकल्याण्ड आजको खेलमा जित निकालेर सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । 

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।  लिग २ मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । यता नामिबिया ३१ खेलमा ३७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप