नामिबियाले स्कटल्याण्डलाई दियो १५४ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले स्कटल्याण्डलाई १५४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभर २ बलमा अलआउट भएर १५३ रन बनाएको हो ।
नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बेर्नाड स्कोल्टेजले ३० रन बनाउँदा जान ग्रिनले २५ रन तथा प्रिन्कि फ्रान्सले ११ रन बनाए ।
यता स्कटल्याण्डका लागि मिचेल लेक्सले सार्वधिक चार विकेट लिए । त्यस्तै सफियान सरिफ र मार्क वाटले समान तीन-तीन विकेट लिए । आजको खेलमा नामिबिया सहज जित निकाल्दै आफ्नो पहिलो जित दर्ता गर्न चाहन्छ । यता स्टकल्याण्ड आजको खेलमा जित निकालेर सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ । लिग २ मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । यता नामिबिया ३१ खेलमा ३७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण