फौजदारी मुद्दा चलेका सांसद निलम्बन नहुँदा कानुनी राज्यको उपहास हुन्छ : नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी राज्यको उपहास भएको बताएका छन् । नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम फौजदारी अभियोगमा मुद्धा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने गरी नियमावली बनाउने प्रक्रिया अगाडी बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको उनले बताए ।
महरले फौजदारी अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन भन्दै सांसदहरुका लागि छुट्टै व्यवस्था नहुन नहुने उनको भनाइ छ ।
‘सांसदहरुले कानुन सबैका लागि बराबर हो भन्ने आभास दिलाउनु जरुरी छ,’ नेता महर भन्छन्, ‘लोकतान्त्रिक व्यवस्थामा कानुनी राजको महत्वपूर्ण अर्थ रहन्छ । जनता सांसद तथा जो कोही पनि कानुनले बराबर ठान्छ तर आज किन दुई खाले व्यवहार गर्न खोजिदैछ ?,’ उनको प्रश्न छ ।
यस्तै नेता महरले नेकपा एमालेका जिम्मेवार नेताहरुको नेतृत्वमा लोकतान्त्रिक पद्धतिको धज्जी उडाउनेगरी पूर्वराजाको संरक्षकत्वमा प्रतिगमनकारी अभियानको थालनी भएको टिप्पणी गरे ।
वर्तमान संविधान र परिवर्तन विरोधीहरु संसद, सरकार र सडकबाट जुर्मुराउन थालेका र यसको जवाफ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने र लोकतन्त्रका खिलाफमा हुने जुनसुकै गतिविधी पनि कांग्रेसलाई सह्य नहुने महरको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण