शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग : चेल्सीमाथि डर्टमण्डको जित

बिहीबार, ०४ फागुन २०७९, ०८ : ३१
बिहीबार, ०४ फागुन २०७९

जर्मन डर्टमण्डले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा चेल्सीलाई हराएको छ । बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन करिम एडीएमीले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको डर्टमण्डले दोस्रो हाफमा गोल गर्न सफल भयो ।

खेलको ६३ औं मिनेटमा करिमले डर्टमण्डको जितमा निर्णायक गोल गरेका हुन् । अब दुई टोलीबीचको दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप