मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पुनः नागरिकता लिने व्यक्तिलाई अंगीकृत नागरिकता मात्र दिनुपर्छ : सांसद महतो

बिहीबार, ०४ फागुन २०७९, ०८ : ३४
बिहीबार, ०४ फागुन २०७९

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेका व्यक्ति पुनः नेपाल फर्केर आउँदा सोही स्टाटसमा नागरिकता पाउनु देशका सुरक्षाका लागि घातक रहेको बताएका छन् । 

मधेस प्रदेशसभाको बुधबार बसेको बैठकमा उनले नेपाली नागकिता त्यागेर विदेशी नागरिकता लिने र पुनः नेपाली लिन चाहने व्यक्तिलाई अंगीकृत नागरिकता दिन माग गरे । उनले २०६३ को नागरिकता ऐनमा रहेको यो व्यवस्था विभेदकारी रहेको बताए । सांसद महतोले यो प्रावधान हटाउनुपर्ने माग गरे । 

नेपाली नागरिकले विदेश गएर विदेशी नागरिकता लिन्छन् । त्यहाँ मोज गर्छन् र नेपाल फर्केपछि पुरानै स्टेटसमा पुनः नेपालको वंशज नागरिकता लिन्छन्,  उनले भने,‘यो गलत हो । त्यस्ता व्यक्तिलाई अंगीकृत नागरिकता दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप