पुनः नागरिकता लिने व्यक्तिलाई अंगीकृत नागरिकता मात्र दिनुपर्छ : सांसद महतो
बिहीबार, ०४ फागुन २०७९, ०८ : ३४
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेका व्यक्ति पुनः नेपाल फर्केर आउँदा सोही स्टाटसमा नागरिकता पाउनु देशका सुरक्षाका लागि घातक रहेको बताएका छन् ।
मधेस प्रदेशसभाको बुधबार बसेको बैठकमा उनले नेपाली नागकिता त्यागेर विदेशी नागरिकता लिने र पुनः नेपाली लिन चाहने व्यक्तिलाई अंगीकृत नागरिकता दिन माग गरे । उनले २०६३ को नागरिकता ऐनमा रहेको यो व्यवस्था विभेदकारी रहेको बताए । सांसद महतोले यो प्रावधान हटाउनुपर्ने माग गरे ।
नेपाली नागरिकले विदेश गएर विदेशी नागरिकता लिन्छन् । त्यहाँ मोज गर्छन् र नेपाल फर्केपछि पुरानै स्टेटसमा पुनः नेपालको वंशज नागरिकता लिन्छन्, उनले भने,‘यो गलत हो । त्यस्ता व्यक्तिलाई अंगीकृत नागरिकता दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण