आईसीसी महिला टी–ट्वान्टी विश्वकप : पाकिस्तानको पहिलो जित
पाकिस्तान । पाकिस्तानले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले हराएको हो ।
केपटाउनमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६ ओभर ३ बलमा अलआउट हुदै ९५ रन मात्र बनायो । आयरल्याण्डका लागि ओर्ला प्रिन्डिउरगास्टले ३१ रन बनाए । त्यस्तै इमियर रचिर्डसनले २८ रन बनाउँदै गाबाई लुईसले १० रनको योगदान गरे ।
पाकिस्तानका लागि नशरा सन्धुले चार विकेट लिइन् । सादिया ईकवाल र निदा डारले समान दुई-दुई विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो ।
पाकिस्तानका लागि मुनिवा अलिले शतकीय पारी खेलिन् । ६८ बलमा १४ चौकाको सहयोगमा १०२ रन बनाइन् । त्यस्तै निदा डारले ३३ रन बनाइन् । आयरल्याण्डका लागि अर्निली किलेले दुई विकेट लिइन् । त्यस्तै लिएहा पल र लौरा डिलेनेले समान एक÷एक विकेट लिइन् ।
जितसँगै पाकिस्तान २ खेलमा २ अङ्कका साथ समूह ‘बी’ को तेस्रो स्थानमा उक्लिएको छ । पराजित आयरल्याण्ड २ खेलमा अङ्क विहीन तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण