बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कुलपतिहरूले लिए पद तथा गोपनीयताको शपथ

बिहीबार, ०४ फागुन २०७९, ०८ : ५७
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण गर्नेहरूमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन्।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कुलपतिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप