ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कायम
बिहीबार, ०४ फागुन २०७९, ११ : ५९
काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले संशोधन गरेको ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कार्यान्वयनमा आएको छ ।
नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ मा संशोधन गर्दै ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कायम गरेको हो । यसअघि यस्तो नीतिगत दर ८.५ प्रतिशत रहेको थियो ।
गत माघ २७ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको राष्ट्र बैंकले अन्य ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राख्दै ८.५ प्रतिशतको बैंक दरमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको भोरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध गराउने व्यवस्था गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण