बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कायम

बिहीबार, ०४ फागुन २०७९, ११ : ५९
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले संशोधन गरेको ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कार्यान्वयनमा आएको छ । 

नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ मा संशोधन गर्दै ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कायम गरेको हो । यसअघि यस्तो नीतिगत दर ८.५ प्रतिशत रहेको थियो । 

गत माघ २७ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको राष्ट्र बैंकले अन्य ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राख्दै ८.५ प्रतिशतको बैंक दरमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको भोरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप