कर्णालीमा समाजवादीले वैचारिक प्रशिक्षण कार्यक्रम गर्ने
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीले २ महिने संगठन सुदृढीकरण विशेष अभियानलाई प्रभावकारी बनाउनका लागि वैचारिक प्रशिक्षण, सांगठनिक परिचालन र जनजागरण सम्बन्धी कार्यक्रम गर्ने भएको छ । मंगलबार र बुधबार वीरेन्द्रनगरमा सम्पन्न चौथो पूर्ण बैठकले सो निर्णय गरेको हो । बैठकले केन्द्रबाट खटाएका सहजकर्ताहरुलाई सहयोग गर्न प्रदेशका ७९ वटै पालिकामा इञ्चार्ज र सह–इञ्चार्ज रहेका प्रदेश कमिटीका सदस्यलाई सहजकर्ता तोकिएको छ ।
समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाका अनुसार पार्टीका जिल्ला कमिटी र प्रदेशस्तरीय विभाग, जनसंगठन, मोर्चा संगठन, पेशागत तथा सामुदायिक संगठनको बैठक फागुन १५ सम्म गरिसक्ने निर्णय गरिएको छ भने प्रदेश कमिटीको आर्थिक विभाग प्रमुखमा ठगेन्द्रप्रकाश पुरी, कृषि विभाग प्रमुखमा सचिव कृष्ण विसी, उद्यमशिलता विभाग प्रमुखमा केन्द्रीय सदस्य उदय बोहोरा र प्रचार विभाग प्रमुखको वसन्त विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।
बिहीबार समाजवादीले पत्रकार सम्मेनमार्फत बैठकमा गरिएका निर्णय सुनाउँदै प्रदेश अध्यक्ष थापाले वर्तमान बामपन्थी खिचडी सरकारका मन्त्रीहरु नै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी अभिव्यक्ति दिएर संविधानमाथि प्रहार गरिरहेकाले त्यसको विरुद्धमा समाजवादीले विद्रोह गर्ने बताए । यतिमात्र होइन समाजवादीले एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर सञ्चालन गरेको राजतन्त्र फर्काउने अराजक र प्रतिगामी हर्कतले शान्ति र दलीय व्यवस्थालाई कुठराघात गर्ने भएकाले यस्तो घृणित कार्य बन्द गराउन सरकारको ध्यानाकर्षण गराइने निर्णय समेत गरेको छ ।
पार्टीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको उपस्थितिमा गरिएको बैठकमा कर्णाली करिडोर र कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि १० वटा जिल्ला सदरमुकाम जोड्ने सडकको तत्काल स्तरोन्नति गरि यातायात सेवालाई व्यवस्थित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण