शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुमा ५ उपाध्यक्ष र ७ सचिवमा को को भए निर्वाचित ?

शुक्रबार, ०५ फागुन २०७९, ०७ : १६
शुक्रबार, ०५ फागुन २०७९

नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । महाधिवेशनबाट अध्यक्षमा समीक बडाल निर्वाचित भएका छन् भने पाँच जना उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट विजयी भए । कोषाध्यक्षमा संगम अर्याल विजयी हुँदा ७ जना सचिव चयन भएका छन् ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित भएका छन् । याँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । विद्युतीय मेसिनमार्फत भएको मतदानमा १ हजार ५१७ मत खसेको थियो । १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप