अनेरास्ववियुमा ५ उपाध्यक्ष र ७ सचिवमा को को भए निर्वाचित ?
शुक्रबार, ०५ फागुन २०७९, ०७ : १६
नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । महाधिवेशनबाट अध्यक्षमा समीक बडाल निर्वाचित भएका छन् भने पाँच जना उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट विजयी भए । कोषाध्यक्षमा संगम अर्याल विजयी हुँदा ७ जना सचिव चयन भएका छन् ।
सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित भएका छन् । याँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । विद्युतीय मेसिनमार्फत भएको मतदानमा १ हजार ५१७ मत खसेको थियो । १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण