कांग्रेस सांसद भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने
काठमाडौँ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ । बुधबार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका भण्डारीको मुम्बईमा उपचार सुरु गरिएको छ । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । सांसद भण्डारीसँगै रहेका व्यवसायी योगराज कँडेलका अनुसार भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ ।
चिकित्सकलाई उद्धृत गर्दै कँडेलले दिएको जानकारीअनुसार शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गरिने छ । भण्डारीको हृदयको चाल नर्मल रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको कँडेलले बताए । यस्तै भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए ।
उनले भने, 'नेपालबाट ल्याउँदा अवस्था स्थिर थियो यहाँ आएपछि चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि खतरामुक्त रहेको बताउनुभएको छ ।' सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण