शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसी क्रिकेट लिग–२ : आज नेपालले स्कटल्याण्डको सामना गर्ने

शुक्रबार, ०५ फागुन २०७९, ०७ : ४८
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । 

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको शृङ्खलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिड्न लागेको हो  ।  

नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि विकेट नगुमाई नाभिबियालाई पराजित गरेर शीर्ष स्थानमा छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप