जुम्लाकी एक्ली अटो चालक कल्पना
जुम्ला । जुम्ला बजारमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् कल्पना बुढा । उनले अटो चलाउन थालेपछि अरू महिला पनि यो काममा जोडिने थालेका छन्। अटो चलाउन थालेपछि कल्पनाको दैनिकी फेरिएको छ ।
बिहानको घर धन्दा छिटो सकेर हतार हतार अटो लिएर बजारमा निस्किनु उनको पछिल्लो दैनिकी बनेको छ। उनी जुम्लाको बजारमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् । २९ वर्षकी कल्पना परम्परागत सोचाइको अन्त्य गर्दै उनले अटो चलाएर नै जीविकोपार्जन गरिरहेकी छन्। जिल्लाको पहिलो महिला अटो चालक कल्पना बुढा लामो समयदेखि अटो चलाउने काम गर्छिन् ।
महिलाहरूले चालकको काम गर्न हुँदैन भन्ने परम्परागत सोचाइलाई तोड्न तथा आर्थिक रूपमा सबल बन्नका लागि अटो चलाउन थालेको उनले बताइन् ।सुरु–सुरुमा त अटो चलाउँदा हेर्ने मान्छेहरूको लाइन हुन्थ्यो । महिलाले अटो चलाएको भन्दै अचम्ति हुनेहरू बाक्लै थिए । पहिले महिलाको अटोमा चढ्न आनाकानी गर्थे, उनले भनिन् लडाइदिने पो हो कि भनेर पुरुषकै अटोमा जान्थे । तर, अहिले तिनै मानिसहरू पुरुषले भन्दा त झन् सुरक्षित तवरले बिस्तारै चलाउँदा रहेछन् भन्न थालेका छन् ।
अटो चलाउन थालेपछि घर व्यवहार चलाउन र छोराछोरी पढाउन सहज भएको बुढाले सुनाइन्। हिजोआज उनले अटोबाट दिनमा एक हजारदेखि १५ सयसम्म कमाउँछिन् । यही कमाइले उनले छोरालाई निजी विद्यालयमा पढाएकी छिन् । अटोकै कमाइले कल्पनालाई खानबस्नको दुःखले घेर्न छाडेको छ । उनी बेलाबेला आफूलाई मन लागेको कुरामा पैसा खर्चिन सक्ने भएकी छन् ।
अटो किन्दाको सबै किस्ता चुक्ता गरिसकेकी छन् । उनीसँग अटो चलाउने लाइसेन्स पनि हातमा छ, नेपालगन्ज पुगेर झन्डै ६ लाख पर्ने अटो किस्ताबन्दीमा किनेको बताइन् । नगरपालिकाभित्र चलाउने रुट परमिट लिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
-
सगरमाथामा पाइला टेक्दा...
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण