लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ ।
लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति गठन भएको छैन । अहिले केन्द्रीय समिति निर्माण गर्ने गृहकार्य सुरु भएको छ । त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुग्यांउने लोसपाले जनाएको छ । पार्टीमा केन्द्रीय समितिका लागि आएका नामको बारेमा पनि छलफल भइरहेको छ । शीर्ष नेताको बीचमा सहमति भएपछि त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुंगो लगाउने तयारी छ ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने विषयमा पनि छलफल हुँदैछ । अध्यक्ष ठाकुरका बारेमा अन्य दलका नेताहरु बीचमा पनि अनौपचारिक छलफल भैरहेको छ । दलहरुका बीचमा सहमति भएमा ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकिने लोसपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण