आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विद्यालयदेखि विश्वविद्यालयसम्मका समस्या समाधान गर्नेछौँ : समिक बडाल

शुक्रबार, ०५ फागुन २०७९, १६ : २०
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियूका नवनिर्वाचित समिक बडालले विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल गर्ने दाबी गरेका छन् । अनेरास्ववियूको अध्यक्षको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बडालले अनेरास्ववियु विद्यार्थी र शिक्षा क्षेत्रको पहरेदारको रूपमा स्थापित गरेर छोड्ने बताए । 

यो देशको सही नीति र नेतृत्व चयन गर्ने स्ववियू चुनावमा सशक्त भूमिका निर्वाह गरिने बडालले बताए । ‘अनेरास्ववियूको २३ औँ राष्ट्रिय सम्मेलन फागुनको २ गतेदेखि चार गतेसम्म गर्यौं । अनेरास्ववियू अनुशासित विद्यार्थी सङ्गठन हो । स्ववियू निर्वाचन अघि सम्मेलन गर्दा सङ्गठनभित्र ठुलो विग्रह पैदा हुन्छ कि भन्ने चासो र चिन्ता थियो । त्यसमा हामीले कुसलतापूर्वक ल्यान्ड गरेका छौँ’ बडालले भने, ‘यो सङ्गठन आचरण बुझेका नेताहरूको सङ्गठन हो । हामीले जुन विश्वास नेतृत्वलाई दिलाएका थियौं । त्यस विश्वास बमोजिम हामीले पुरा गरेर देखाएका छौँ ।’

अब अनेरास्ववियूको अर्जुन दृष्टि स्ववियू चुनावमा लक्षित रहेको बडालले बताए । ‘अब हामीसँग धेरै फुर्सद छैन । अब दिनरात नभनेर ठोस कार्यक्रम बनाएर विद्यार्थीको समस्यामा लाग्छौंं’ उनले भने, ‘हरेक कलेजमा अनेरास्ववियूका एजेन्डा लग्नेछौँ । चुनावमार्फत लोकतन्त्रको प्रायको रूपमा चिनाएका छौँ । स्ववियूबाट कोमामा पुगेको संस्थालाई पुनर्ताजकी गर्दै अघि बढ्ने छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप