प्रमुख प्रतिपक्षको मान्यताबारे कांग्रेसले लियो कानुन व्यवसायीको राय
काठमाडौँ । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यताबारे कानुन व्यवसायीसँग छलफल गरेको छ । शुक्रबार संसदीय दलको कार्यालयमा कांग्रेस सभापति तथा संसदीय दलको नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले वरिष्ठ कानुन व्यवसायीसँग छलफल गरेका हुन् ।
छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण विडारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, राधेश्याम अधिकारी, खम्मबहादुर खाती, महादेव यादव, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, योगेन्द्र अधिकारी, हरिहर दाहाललगायत थिए ।
उनीहरुले कांग्रेस संघीय संसद्को प्रमुख प्रतिपक्षी दल रहनेमा कुनै विवाद नरहेको बताएका छन् ।
‘कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस नेताहरूलाई सदनभित्र कांग्रेसका लागि प्रमुख प्रतिपक्षीको सिट छुट्टाइदिएको छ । कांग्रेस प्रमुख प्रतिपक्षी दल रहेको कुनै दुबिधा छैन । त्यसैले सर्वोच्च अदालतमा परेको मुद्दाको डिफेन्स गर्नुपर्छ,’ उनीको भनाइ थियो ।
२०५१ मा एमाले नेतृत्वको अल्पमतको सरकारलाई कांग्रेसले दिएको विश्वासको मत र अहिले माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिनुमा कुनै फरक नरहेको कानुन व्यवसायीको राय थियो ।
शम्भु थापाले भने, ‘सरकार बनाउन संख्या पुग्छ, पुग्दैन भन्ने होइन । विश्वासको मत दिएर पनि प्रमुख प्रतिपक्षी रहने नजिक २०५१ सालमै बनिसकेको छ ।’
सर्वोच्च अदालतले फागुन ८ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे फागुन ८ गते दुई पक्षको छलफलपछि सर्वोच्चले निर्णय गर्ने छ । कानुन व्यवसायीसहित कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक सर्वोच्च जाने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण