पुरानै शैक्षिक सत्रलाई कायम गर्ने हिमा गाउँपालिकाको निर्णय
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले पुरानै शैक्षिक सत्रलाई निरन्तरता दिने भएको छ। जुम्लामा पुस १० गतेदेखि माघ २५ गतेसम्म पचास दिन बिदा हुने र बिदा सकिए लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन हुँदै आएको छ। तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संसाधन विकास केन्द्रले ०७९ माघ ६ गते देशभरका विद्यालयहरूलाई २०८० सालको शैक्षिक सत्र वैशाख १ गतेदेखि लागू गर्न निर्देशन दिएको थियो । उक्त निर्णय जुम्लाको लागि अनुकूल नहुने हिमा गाउँपालिकाको ठहर छ।
पुस १० अगाडि नै वार्षिक परीक्षा सञ्चालन गरिएको हुँदा स्कुल सुरु हुने बित्तिकै नयाँ शैक्षिक सत्र लागू गरिएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए। 'हामीले हिमा गाउँपालिका भरिका सम्पूर्ण प्रअहरुसँग राय लिँदा पुरानै शैक्षिक सत्र सहज हुने सुझाव दिए,' उनले भने,'त्यसैले पुरानै शैक्षिक सत्र अनुसार विद्यार्थी भर्ना लिने निर्णय गरिएको छ।'
जिल्लाका ८ वटै स्थानीय तहहरूमा नयाँ शैक्षिक सत्र माघ २५ गतेदेखि लागू हुने गरेको छ। सबैले यसैलाई निरन्तरता दिए पनि मन्त्रालयको निर्णय के गर्ने भनी ठोस निर्णय गरेका छैनन्। पालिकाले हिमाका सम्पूर्ण विद्यालयहरुमा पाठ्यपुस्तक चाँडो उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेको अध्यक्ष शाहीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण