शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसी क्रिकेट लिग–२ : आज नेपालले नामिबियाको सामना गर्ने

शनिबार, ०६ फागुन २०७९, ०७ : २९
शनिबार, ०६ फागुन २०७९

काठमाडौं । आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबिया खेल्दै छन् । खेल बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुरमा आयोजना हुँदैछ ।

नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । नामिबिया भने आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो ।

सिरिजमा नेपाल २६ खेलमा २२ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप