शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नामिबियाविरुद्धको खेलमा सन्दीपले लिए दुई विकेट

शनिबार, ०६ फागुन २०७९, १० : ४३
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्व कप्तान सन्दीप लामिछानेले लिएका हुन् ।

पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ  ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन्। २३ ओभरको खेल सकिँदा नामिलिबयाले २ विकेटको क्षतिमा ८६ रन जोडेको छ।

नेपालले टस जितेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप