सडक जिर्ण हुँदा गोरूसिंगे–सन्धिखर्क सडकका यात्रुलाई सास्ती
कपिलवस्तु । कपिलवस्तुको गोरूसिंगेदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने सडक जिर्ण हुँदा यात्रुहरुले सास्ती भोगेका छन् । सडक साँघुरो पनि भएकाले यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ३९ वर्षअघि बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा यात्रुलाई सास्ती भएको हो । अर्घाखाँचीको मुख्य गोरूसिंगे–सन्धिखर्क सडक ३९ वर्ष अगाडि बनेको हो । साघुँरा घुम्ती छिचल्नुपर्ने हुँदा यात्रुहरुलाई सास्ती छ । फराकिलो सडक नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै विभिन्न समयमा स्थानीयवासीन्दाले आवाज उठाउँदा समेत सम्बन्धित निकायले चासो दिएका छैनन् ।
पर्याप्त स्रोत र साधनको अभावमा स्थानीय औजार परिचालन गरी खनेको यो सडकको अहिलेसम्म कसैले स्तरोन्नतिमा ध्यान दिएका छैनन् । अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पटक–पटक मन्त्री बनेका नेता टोपबहादुर रायमाझीसँग यो सडकको बारेमा बारम्बार अवतगत गराए पनि अझैसम्म सुनुवाई नभएको स्थानीयको गुनासो छ । गायक पशुपति शर्मा आफूहरु धेरै जिल्लामा कार्यक्रम गर्न गएको तर यति जोखिमपूर्ण सडकको यात्रा नगरेको बताउँछन् ।
साँघुरा सडकका कारण बेलाबेलामा सवारी दुर्घटना हुने गरेका छन् । सडक दुर्घटनापछि मात्र सडकको स्तरोन्नतिको सम्बन्धमा चर्चा हुने गरेको स्थानीय हिमाल भुसालको भनाइ छ । ६८ किलोमिटर लामो सडकको स्तरोन्नतिको काम विभिन्न चरणमा चलिरहेको र अबको करिब ३ वर्षभित्रमा साघुँरा घुम्ती र फराकिलो सडक बनाउने योजनाका साथ आफूहरु लागिपरेको प्रतिनिधि सभाका सदस्य रायमाझीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
-
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
-
रास्वपा महाधिवेशन : ३० तस्बिरमा हेर्नुहाेस् उम्मेदवारी दर्ता फारम भरिरहेका प्रतिनिधिहरू
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण