अधिकृतलाई लिखित जवाफ पेस गर्न सूचना आयोगको आदेश
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवलाई सूचना लुकाएको भनि लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ । सप्तरीका पत्रकार विद्यानन्द रामले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको माघ २३ गते बसेको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
पत्रकार रामले गाउँपालिकाबाट आर्थिक वर्ष २०७८ जेठदेखि हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण, आर्थिक वर्ष ०७८/०७९ मा खरिद गरिएको औषधिको परिमाण, प्रक्रिया र रकमसहितको विवरण, सोही आर्थिक वर्षमा गाउँपालिकाबाट भएको सडक मर्मत, माटोग्राभेल र सडक ढलानमा खर्च भएको योजनाअनुसारको विवरण र प्रगति माग गरी सूचना दर्ता गराएका थिए।
यसैगरी आर्थिक वर्ष ०७९/०८० मा छुट्याइएका योजनाहरुको विवरण तथा यसअघिका जनप्रतिनिधिको बेला भुक्तानी बाँकी रही पछि भुक्तानी दिइएका योजना र आर्थिक तथा भौतिक प्रगतिसहितको विवरण माग पनि रामले माग गरेका थिए । गत मंसिर २७ गते गाउँपालिकाका सूचना अधिकारी अरुणकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै रामले गत पुस २८ गते प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवसँग सूचना मागेका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत यादवले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार रामले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए ।
आयोगमा माघ १७ गते पुनरावेदन दर्ता भएको थियो भने ६३९/०७९/८० नम्वरको मुद्दामा निर्णय हुँदै प्रमुख प्रशासकीय अधिकृत यादवलाई दफा १० (२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण