मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति बाडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन

शनिबार, ०६ फागुन २०७९, १४ : ४३
शनिबार, ०६ फागुन २०७९

अमेरिका ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई  वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएका छन् । ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेको छ– ‘राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई अमेरिकी आकाशमा मानवरहित वायुजन्य वस्तुहरू पत्ता लगाउने संयन्त्र स्थापना गर्न निर्देशन दिनुभएको छ । राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्न थप उपायहरू अवलम्वन गर्न समेत निर्देशन दिनुभएको छ ।’ 

अमेरिकी आकाशमा हालै देखिएका शङ्कास्पद वस्तुहरूबारे अमेरिकाको प्रतिक्रियाका विषयमा टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले गुप्तचर निकायले विगतका दिनहरूमा खसालेका तीन वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारे थप अनुसन्धान गर्न समेत निर्देशन दिएका छन् । यसैबीच राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफीङसँग वार्ता गर्ने अपेक्षा गरेको पनि उल्लेख गरेका छन् । खुफिया निकायको पछिल्लो अनुसन्धान अनुसार ती वस्तुहरू प्रायः निजी कम्पनीहरू वा मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थाहरूसँग सम्बन्धित बलुनहरू थिए ।

गत फेब्रुअरी ४ मा चीनले मुख्य रूपमा मौसम विज्ञानको अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक हवाई जहाज भएको दाबी गरेको विशाल बलुनलाई एक हप्तासम्म देशमा घुमाएपछि खसालेको अमेरिकाको दाबी छ । म स्पष्ट हुन चाहन्छु पछिल्ला दिनहरूमा हाम्रो आकाशमा देखिने शङ्कास्पद वस्तुहरूको सङ्ख्यामा अचानक बृद्धि भएको कुनै प्रमाण त छैन तर हामी जडान गरेका निगरानी राडरहरूले त्यस बारे थप जानकारी दिनेछन् ।   
राष्ट्रपति बाइडेनले केही समय अघि देखिएका ती तीन वस्तुहरू चिनियाँ जासुस बलुन कार्यक्रमसँग सम्बन्धित हुन् वा अन्य कुनै देशको निगरानी सम्यन्त्रसँग सम्बन्धित हुनसक्छन् भन्नेबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनले अमेरिकाले आफ्नो आकाशमा देखेका हरेक मौसमी बलुनलाई गोली हान्ने त छैन तर ती जासुसीसँग सम्बन्धित छन् वा छैनन् त्यसबारे भने गम्भीर अध्ययन अनुसन्धान भने गर्ने बताएका छन् ।  

उनले यदि कुनै वस्तुले अमेरिकी जनताको सुरक्षामा खतरा उत्पन्न गर्छ भने त्यसलाई नियन्त्रण गर्न अमेरिका सक्षम हुने पनि दाबी गरेका छन् । ती तीन वस्तुहरू कुनै निजी कम्पनी, मनोरञ्जन वा अनुसन्धान संस्थाहरू, मौसम अध्ययन वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने बेलुनहरू पनि हुन सक्ने उनको धारणा छ । ‘अमेरिकाले चीनसँग ‘नयाँ शीतयुद्ध’ चाहिरहेको छैन । हामी पनि चीनसँग घनिष्ट संलग्नता चाहान्छौं’ राष्ट्रपति  बाइडेनले भने । अमेरिकी कूटनीतिज्ञहरू चिनियाँ समकक्षीहरूसँग निरन्तर सम्पर्कमा रहेर चीनका राष्ट्रपतिसँग संवाद जारी राख्ने राष्ट्रपति बाइडेनको धारणा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप