चेल्सी संकटमा, लिभरपुलको जीत
लण्डन । नयाँ म्यानेजर ग्राहम पोटरको नेतृत्वमा चेल्सीको खराब फर्म जारी रहेको छ । शनिबार भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग आफ्नै घरेलु मैदानमा पराजित भएको हो ।
पहिलो हाफको इन्जुरी समयमा जेम्स वार्ड प्राउसले फ्रि–किक मार्फत गरेको एक मात्र गोल निर्णायक बन्यो । चेल्सीले सबै प्रतियोगिताका पछिल्ला १४ खेलमा मात्र २ वटा खेल जितेको छ । पराजयपछि चेल्सी ३१ अंकसहित लिगको १० औँ स्थानमा सीमित बनेको छ ।
उता लिभरपुलले भने १० खेलाडीमा सीमित न्युक्यासल युनाइटेडलाई २–० गोलले हरायो । खेलको १० औँ मिनेटमा डार्विन नुनेजले लिभरपुललाई अग्रता दिलाएका थिए ।
१७ आँ मिनेटमा कोडी गाक्पोले टोलीको अग्रता दोब्बर बनाए । २२ औँ मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युक्यासल १० खेलाडीमा सीमित बन्यो । उनले अब आइतबार वेम्बलेमा हुने म्यानचेस्टर युनाइटेडविरुद्धको काराबाओ कपको फाइनल पनि गुमाउने भएका छन् ।
जीतसँगै लिभरपुल ३५ अंक बटुल्दै लिगको आठौँ स्थानमा उक्लन सफल भएको छ । न्युक्यासल भने ४१ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण