शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सी संकटमा, लिभरपुलको जीत

आइतबार, ०७ फागुन २०७९, ०७ : ५०
आइतबार, ०७ फागुन २०७९

लण्डन । नयाँ म्यानेजर ग्राहम पोटरको नेतृत्वमा चेल्सीको खराब फर्म जारी रहेको छ । शनिबार भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग आफ्नै घरेलु मैदानमा पराजित भएको हो ।

पहिलो हाफको इन्जुरी समयमा जेम्स वार्ड प्राउसले फ्रि–किक मार्फत गरेको एक मात्र गोल निर्णायक बन्यो । चेल्सीले सबै प्रतियोगिताका पछिल्ला १४ खेलमा मात्र २ वटा खेल जितेको छ । पराजयपछि चेल्सी ३१ अंकसहित लिगको १० औँ स्थानमा सीमित बनेको छ ।

उता लिभरपुलले भने १० खेलाडीमा सीमित न्युक्यासल युनाइटेडलाई २–० गोलले हरायो । खेलको १० औँ मिनेटमा डार्विन नुनेजले लिभरपुललाई अग्रता दिलाएका थिए । 

१७ आँ मिनेटमा कोडी गाक्पोले टोलीको अग्रता दोब्बर बनाए । २२ औँ मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युक्यासल १० खेलाडीमा सीमित बन्यो । उनले अब आइतबार वेम्बलेमा हुने म्यानचेस्टर युनाइटेडविरुद्धको काराबाओ कपको फाइनल पनि गुमाउने भएका छन् ।

जीतसँगै लिभरपुल ३५ अंक बटुल्दै लिगको आठौँ स्थानमा उक्लन सफल भएको छ । न्युक्यासल भने ४१ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप