सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इरान इन्टरनेशनल न्युज च्यानलले बेलायतमा रोक्यो आफ्नो काम : भन्यो, ‘पत्रकारलाई बचाउनै सकिँदैन कि भन्ने डर लाग्यो’

आइतबार, ०७ फागुन २०७९, १० : २८
आइतबार, ०७ फागुन २०७९

बेलायतद्वारा सञ्चालित फारसी भाषाको स्वतन्त्र समाचार च्यानल ‘इरान इन्टरनेशनल न्युज च्यानल’ ले लन्डनस्थित आफ्नाे कार्यालय बन्द गरेकाे छ । च्यानलले आफ्ना  पत्रकारले पाइरहेको धम्कीका कारण बेलायतमा  सञ्चालन निलम्बन गरेकाे घोषणा गरेको छ । 

च्यानलले ‘इरानबाट राज्य समर्थित धम्कीमा उल्लेख्य वृद्धि भएको कारण’ यो निर्णय लिइएको बताएको छ । च्यानलका अनुसार धम्की यति हदसम्म बढेको थियो कि यो च्यानलका कर्मचारीहरूलाई बचाउन सम्भव छैन भन्ने महसुस भयो ।

यद्यपि च्यानलले अमेरिकाको वासिङ्टन डिसीमा रहेको आफ्नो कार्यालयबाट काम सञ्चालन जारी रहने बताएको छ । नोभेम्बरमा यस च्यानलका दुई बेलायती–इरानी पत्रकारलाई प्रहरीले उनीहरूको ज्यान खतरामा पर्न सक्ने चेतावनी दिएको थियो ।

त्यसपछि पश्चिम लन्डनको चिसविकमा रहेको च्यानलको स्टुडियो नजिक प्रहरी गार्ड तैनाथ गरिएको थियो । साथै, उनको भवन बाहिर कङ्क्रिटको अवरोध खडा गरिएको थियो ।

यसै क्रममा लन्डनको मेट्रोपोलिटन प्रहरीका अनुसार पछिल्लो एक वर्षमा अपहरण र हत्याका करिब १५ वटा षड्यन्त्रलाई असफल पारिएको छ । प्रहरीले बेलायतमा बसिरहेका इरान सरकारका कथित दुस्मनलाई खतरा हुनसक्ने बताएको छ । 

 सञ्जालका महाप्रबन्धक महमूद इनायतले भने, ‘यो मामिला यो स्तरमा पुगिसकेको भन्नेमा मलाई विश्वास नै लागिरहेको छैन । एक विदेशी सरकारले बेलायतको धर्तीमा बेलायती जनताका लागि यति ठुलो खतरा पैदा गरिरहेको छ कि हामीले आफ्नो काम रोक्नु पर्नेछ ।’

उनले भने, ‘मलाई यो स्पष्ट पार्न दिनुहोस् कि यो हाम्रा टिभी स्टेसनहरूका लागि मात्र होइन, बेलायती जनताको विशाल बहुमतका लागि पनि खतरा हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप