शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

९९९ मा मोबाइल डिस्प्ले टच फेर्न पाइने

आइतबार, ०७ फागुन २०७९, १० : ४४
आइतबार, ०७ फागुन २०७९

काठमाडौं। न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तलामा रहेको इजी मोबाइल केयरले नेपालमा नै पहिलो पटक मात्र रु‍ ९९९ मा मोबाइल फोनको डिस्प्लेको टच’ फेर्ने सुविधा ल्याएको हो।

यस अन्तरगत चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमवाट आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ वटा भन्दा वढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको एलसीडी टच फेर्न सकिनेछ।

इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमा नै पहिलो पटक यस्तो सेवा शुरु गरिएको जानकारी दिए। 

उनले भने, ‘नेपालमा आजको दिनमा हरेक घरमा हरेक व्यक्तिसँग स्मार्टफोन छ र त्यसमध्ये कतिपयले फोन डिस्प्ले फुटेपनि मर्मत नगरी दुखका साथ चलाइरहेको अवस्था छ।डिस्प्ले टचको मर्मत गर्न अहिलेको अवस्थामा कम्तिमा पनि २,५०० रुपैयाँ भन्दा धेरै खर्च लाग्ने हुँदा मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेका छन्।’

तर आफूहरुले लामो समयको अनुभव र अनुसन्धानबाट त्यस्ता समस्यालाई मध्यनगर गरी सुपथ मुल्यमा नै गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले १०० दिनको ग्यारेन्टीका साथ रु ९९९ मा नै डिस्प्लेको टच फेर्न सकिने यो सेवा संचालमा ल्याएकाको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप