सिँघिया खोलाको पुल निर्माण अविलम्ब सम्पन्न गर्न मन्त्री मोदीको निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा निर्माणाधीन सिंघिया खोला पुलको निरीक्षण गरेका छन् । आइतबार बिहान निरीक्षणका लागि पुगेका मन्त्री मोदीले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका हुन् । यो पुल २०५८ सालमा शिलान्यास भएपनि निर्माण हुन सकेको थिएन ।
‘यो पुल यहाँका लागि अत्यन्त आवश्यक पुल हो, मैले दुई पटक चुनाव जितिसके तर यो पुल बनेको छैन, मैले चुनावमा यो पुल जसै गरी बनाउँछु भनेर जनताको बीचमा कसम खाएको छु, अब ढिलाइ नहोस्, यो पुलको निर्माण कार्य अविलम्ब सम्पन्न होस्,’ मन्त्री मोदीले भने । सूर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई झण्डै ६० मिटरको रहेको छ । १२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माण कार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्ने निर्माण कम्पनीका दीपेन्द्र कार्कीले मन्त्री मोदीलाई आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण