विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार ललितपुर, रौतहट, इलाम लगायतका जिल्लामा ४ जना मृत फेला परेका हुन् । बुलेटिनका अनुसार आइतबार ललितपुरमा इँट्टाभट्टामा काम गर्ने एक मजदुर मृत फेला परेका छन् । मृत फेला पर्नेमा रोल्पा रुम्दीगाढी गाउँपालिका ६ घर भएका धनबहादुर ओली रहेका छन् । उनी कोठामा सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ ।
त्यस्तै रौतहटमा पनि एक महिला मृत फेला परेकी छन् । जिल्लाको चन्द्रपुर नगरपालिका ४ हातेमालो सामुदायिक जंगलमा सोही नगरपालिका ८ बस्ने २५ वर्षीया सीतादेव चौधरी मृत फेला परेकी हुन् । उता, इलाममा पनि एक पुरुष मृत फेला परेका छन् । जिल्लाको देउमाई नगरपालिका ७ नामथलाका ४६ वर्षीय पूर्णबहादुर तामाङ मृत फेला परेका हुन् ।
त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय उत्तरबारी टोल बस्ने ३८ वर्षीय मतेश्वर साह पनि मृत फेला परेका छन् । स्थानीय हनुमान मन्दिरको सार्वजििनक ढलानमा उनी मृत फेला परेको प्रहरीको भनाई छ । मृत फेला परेका सबै घटनाका बारेमा प्रहरीले थप अनुसन्धानलाई अगाडि बढाएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण