प्रदर्शनीमा निःशुल्क एम्बुलेन्स सेवा
आइतबार, ०७ फागुन २०७९, १८ : २१
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।
महोत्सवमा कुनै आकस्मिक घटना भएमा प्रयोगका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले दिए ।
‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा संयुक्त एम्बुलेन्स चालक संघसँगको सहकार्यमा हरेक दिन पालैपालो एम्बुलेन्स तयारी अवस्थामा राखीएको जानकारी मजगैयाले दिए ।
प्रदर्शनीमा आउने दर्शकहरुका लागि दुर्घटना बीमा पनि गरिएको जानकारी सचिवालयका संयोजक लब अधिकारीले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण