परिक्रमा मार्ग सहज बनाउन हरसम्भव सहयोग गर्छु : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको शुभारम्भ गरेसँगै मिथिला बिहारीको डोला जनकपुरधामको लागि प्रस्थान गरेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मठमा मुख्यमन्त्री यादवले मिथिला बिहारीको डोला उठाएर जनकपुरधामका लागि बिदाइ गरेका थिए । मिथिला बिहारीको डोला आज जनकपुरधामको हनुमानगढी पुग्ने छ ।
मिथिला बिहारी नगरपालिकाले आज बिहान आयोजना गरेको परिक्रमा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले परिक्रमा यात्रीको मार्ग सहज बनाउन प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वृहत् धार्मिक यात्रालाई व्यवस्थित गर्न स्थानीय सरकारसित समन्वय गर्नुका साथै संघीय सरकारलाई पनि सहयोगका लागि मुख्यमन्त्री यादवले आग्रह गरे । तीनै तहको सरकारले परिक्रमामा सहभागी हुने यात्रीको यात्रा सहज बनाउनुपर्ने उनको भनाइ थियो ।
वृहत् परिक्रमा विकास समिति गठनका लागि संघीय सरकारसित समेत पहल गर्ने मुख्यमन्त्री यादवले बताए । उनले मिथिला बिहारी मठलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
जनकपुरधाम आउने धार्मिक पर्यटकहरू मिथिला बिहारी मठमा दर्शन पूजा गर्दै धनुषाधाम जाने वातावरण बनाउनुपर्ने उनले बताए ।
धनुषाको मिथिला विहारी नगरपालिका–८ कचुरीको मठबाट डोला निस्केसँगै प्रत्येक वर्ष झैं मिथिला मध्यमा परिक्रमाको शुभारम्भ भएको छ । अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा फागुन प्रतिपदामा सुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण