स्याङजामा ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु
स्याङजा । गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए ।
ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो ।
चालक सुनारको टाउको र ढाडमा चोट लागेको थियो । उहाँको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । टाउको र दायाँ खुट्टामा चोट लागेका सहचालक विकको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उहाँको उपचारका क्रममा गएराति नै अस्पतालमै मृत्यु भएको हो । आइतबार राति ८ बजेतिर ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण