बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गुनासो सुनुवाइ गर्न मन्त्रालयले बनायो कार्यदल

सोमबार, ०८ फागुन २०७९, १६ : ३५
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । श्रमिकहरूका ठगी लगायतका गुनासा र समस्या सुनुवाइ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यदल गठन गरेको छ। वैदेशिक रोजगारका विभागका महानिर्देशकको संयोजकत्वमा गठन गरिएको कार्यदलमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, श्रम मन्त्रालयका प्रतिनिधि, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष वा उनले तोकेका प्रतिनिधिलाई सदस्य तोकिएको छ। 

मन्त्रीस्तरीय बैठकको निर्णयबाट बनाइएको कार्यदललाई वैदेशिक रोजगार सम्बन्धी गुनसोहरुको तत्काल सम्बोधन गर्ने, वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनी सम्बद्ध पक्षहरूबिच मेलमिलाप गराउने तथा थप अनुसन्धान आवश्यक परेका प्रहरीलाई तुरुन्त सूचना तथा समन्वय गर्ने, न्यायिक निरूपण गर्नुपर्ने विवादहरूलाई अदालतसमक्ष पेस गर्ने र वैदेशिक रोजगारीसम्बन्धी गुनासाहरुको सम्बन्धमा अन्तर मन्त्रालय एवं अन्तर निकाय समन्वय गर्ने कार्यादेश दिइएको छ। 

कार्यदलले प्रत्येक दुई हप्तामा बैठक बस्ने र सम्पादन गरेका कामहरूको नियमित प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ। हाल मन्त्रालयले श्रमिकका गुनासो सुनुवाइका लागि २४ सै घण्टा कल सेन्टर सञ्चालन समेत गरेको छ। 

मन्त्रालयका सचिव एक नारायण अर्यालले श्रमिकका गुनासा सम्बोधन र सुनुवाइ गर्न कार्यदल गठन गरिएको बताए। उनले भने,‘हामीले रेमिटेन्स आएन मात्रै भनेर हुँदैन कामदारका गुनासा र समस्याहरू पनि सुन्नुपर्छ। त्यही उद्देश्यले कार्यदल गठन गरिएको हो। यसले संवेदनशील भएर काम गर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप