मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

मङ्गलबार, ०९ फागुन २०७९, ०८ : ३३
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल आजको खेलमा जित निकाल्दै घरेलु मैदानमा भएका यस सिरिजका सबै खेलहरू जित्ने योजनमा छ । 

यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । नेपालले नामिबियाविरुद्धको दुबै खेलहरू जितेको थियो । मंगलबार स्कटल्यान्डलाई हराउन सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । 

लिग २ मा नेपाल २७ खेलमा २४ अङ्कका साथ छैटौँ स्थानमा छ ।  स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कका साथ शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप