सन्दीपले लिए एकै ओभरमा दुई विकेट, मुन्जी अर्धशतक बनाएर आउट
मङ्गलबार, ०९ फागुन २०७९, १० : १५

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डका लागि अर्धशतक बनाएका जर्ज मुन्जीलाई १३ ओभर ५ बलमा बोल्ड आउट गराएका हुन् ।
स्कटल्यान्डका लागि मुन्जीले ४६ बलमा ७ चौका २ छक्का प्रहार गर्दै ५० रनको अर्धशतक बनाएका थिए । सन्दीपले १४औँ ओभरको अन्तिम बलमा रिची ब्रिनटनलाई एलबीडब्लू आउट गराए ।
यसअघि सन्दीपले ७ ओभर ५ औँ बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन् ।
कोट्जर २३ रन बनाएर आउट भए । स्कटल्यान्डले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहेत्तर सम्बन्धका कारण बागबजारमा महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ
-
'गभर्नर नियुक्ति गिजोलिँदा मुलुक नै बदनाम बन्यो'
-
नेप्सेले माग्यो सूचीकृत कम्पनीहरूसँग अपडेट भएको विवरण
-
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि–२० सिरिजका लागि नेपाली टिमको बिदाइ (तस्बिरहरु)