शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कुशलले लिए नेपालका लागि चौथो विकेट

मङ्गलबार, ०९ फागुन २०७९, १० : ३९
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालका लागि कुशल मल्लले चौथो विकेट लिएका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डका क्रिस्टोफर म्याकब्राइड २१ औं ओभरको दोस्रो बलमा २२ रन बनाएर आउट भए । उनलाई कुशल मल्लले एलबीडब्लू आउट गराए । 

यसअघि नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिएका थिए । स्कटल्यान्ड २१ औं ओभरको समाप्तिमा ११८ रन बनाएर ४ विकेट गुमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप