जापानमा सहमतिमा यौनसम्बन्ध राख्ने उमेर हद बढाइने
मङ्गलबार, ०९ फागुन २०७९, ११ : ०१
टोकियो । जापानमा सहमतिमा यौनसम्बन्धका लागि उमेर हद बढाउने तयारी गरिएको छ । यसअघि कायम रहेको १३ वर्षको उमेर हदलाई बढाएर १६ वर्ष बनाउन लागिएको हो ।
देशमा यौन अपराधमा रोक लगाउनका लागि नियममा परिवर्तन गर्न लागिएको बीबीसीले जनाएको छ । सन् २०१९ मा उमेरकै कारण धेरै दोषीहरूले सफाइ पाएपछि त्यसको व्यापक विरोध भएको थियो । नयाँ प्रस्तावमा बलात्कारको परिभाषालाई विस्तार गर्ने र नाबालिगको मामिलामा थप कडा नियम ल्याउने बताइएको छ ।
त्यस्तै, बलात्कारको मामिला उजुरी गर्ने समय सीमा १० वर्षदेखि बढाएर १५ वर्ष बनाइने भएको छ । हाल विकसित देशमध्ये सहमति यौन सम्बन्ध कायम गर्ने उमेर जापानमा सबैभन्दा कम छ । जर्मनी र इटालीमा यो उमेर हद १४ वर्ष रहेको छ भने ग्रीस र फ्रान्समा यो उमेर १५ वर्ष रहेको छ । अमेरिकामा र बेलायतमा यो उमेर हद १६ वर्ष रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण