नेपाललाई एकै ओभरमा दुई सफलता, करणले लिए विकेट
मङ्गलबार, ०९ फागुन २०७९, ११ : ५०

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गरेको स्कटल्यान्डले ३५ औँ ओभरको तेस्रो बलमा म्याथु क्रस ४२ रनमा रन आउट भए ।
उनलाई करणको बलमा दीपेन्द्रसिंह ऐरीले रन आउट गराए । नेपालका लागि करण केसीले ३५ औँ ओभरको पाँचौँ बलमा माइकल लिसलाई बोल्ड आउट गराए । माइकल दुई बल खेलेर खाता खोल्न नपाउँदै आउट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर