शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पातारासी गाउँपालिकाले गर्‍यो एक वर्षमा ३६ किलोमिटर सडक निर्माण

मङ्गलबार, ०९ फागुन २०७९, १७ : ४८
मङ्गलबार, ०९ फागुन २०७९

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको छ । गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो ।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख नवीन शाहीका अनुसार आव २०७८/७९ मा दुई हजार चार सय ५० मिटर सडक ग्राभेल गरिएको थियो । यस्तै सो अवधिमा नौ किलोमिटर ग्रामीण सडक निर्माण, १४ किलोमिटर गोरेटो बाटो तथा पाँच किलोमिटर सडक ढलान गरिएको थियो ।

सो अवधिमा ग्रामीण सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न भएका छन् । यस्तै २४ गोरेटो बाटो निर्माण भएका गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । आव २०७७/७८ मा सातै वडामा दुई सय नौ योजना सम्पन्न भएका छन् ।  ती योजनामा रु नौ करोड १८ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप