शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीसँग एकीकृत समाजवादीका नेता श्रेष्ठको भेटवार्ता

मङ्गलबार, ०९ फागुन २०७९, १८ : ५९
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छुट्टाछुट्टै संवाद थालेका छन् ।

राष्ट्रपति निर्वाचन पेचिलो भइरहेका बेला ओलीले एकीकृत समाजवादीका नेतासँग छुट्टाछुट्टै संवाद थालेका हुन् । 

अध्यक्ष ओलीले मंगलबार नेकपा एकीकृतका सांसद तथा पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठलाई बालकोटमै बोलाएर संवाद गरेका छन् । 

त्यसक्रममा उनले पार्टी एकताबारे धारणा बुझ्ने प्रयास गरेका छन् । सोमबारमात्रै ओलीले अध्यक्ष माधवकुमार नेपालसँग भेटेर राष्ट्रपतिको उम्मेदवार बन्न र पार्टी एकता गर्न प्रस्ताव राखेका थिए । 

ओलीसँगको भेटमा सांसद श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सहमतिमा ल्याउन सुझाव दिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप