ओलीसँग एकीकृत समाजवादीका नेता श्रेष्ठको भेटवार्ता
मङ्गलबार, ०९ फागुन २०७९, १८ : ५९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छुट्टाछुट्टै संवाद थालेका छन् ।
राष्ट्रपति निर्वाचन पेचिलो भइरहेका बेला ओलीले एकीकृत समाजवादीका नेतासँग छुट्टाछुट्टै संवाद थालेका हुन् ।
अध्यक्ष ओलीले मंगलबार नेकपा एकीकृतका सांसद तथा पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठलाई बालकोटमै बोलाएर संवाद गरेका छन् ।
त्यसक्रममा उनले पार्टी एकताबारे धारणा बुझ्ने प्रयास गरेका छन् । सोमबारमात्रै ओलीले अध्यक्ष माधवकुमार नेपालसँग भेटेर राष्ट्रपतिको उम्मेदवार बन्न र पार्टी एकता गर्न प्रस्ताव राखेका थिए ।
ओलीसँगको भेटमा सांसद श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सहमतिमा ल्याउन सुझाव दिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण