धनगढीको ६ लेनमा रोपिएका बोटबिरुवा चोरी हुन थालेपछि मेयरले गरे यस्तो अपिल
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरको सौन्दर्यकरणको लागि रोपिएका बोटबिरुवा चोरी हुन थालेपछि संरक्षणको लागि सार्वजनिक अपिल गरेका छन् ।
धनगढी उपमहानगरपालिका स्थित छ लेन सडकको मेडियनमा रोपिएका बोटबिरुवाहरू दिनहुँ चोरी हुन थालेपछि मेयर हमालले सो अपिल गरेका हुन् ।
उपमहानगरपालिकाका अनुसार चटकपुर खण्डमा रोपिएका ८ वटा र राजपुर खण्डमा रोपिएका ४ वटा गरी १२ ओटा बोटबिरुवा चोरी भएका छन् ।
साथै सो छ लेनमा रोपिएका बोटबिरुवा संरक्षणको लागि लगाइएका तार जाली माथिबाट यात्रुहरूले बाटो क्रस गरिदिँदा तार जाली समेत भाँचिन थालेको बताइएको छ ।
मेयर हमालले नगरको सौन्दर्यकरण गर्न लाखौं रकम खर्च गरी बोटबिरुवा रोपिएको र तार जाली लगाइएको बताउँदै त्यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने अनुरोध गरेका हुन् ।
उनले भने, ‘यो चरम आर्थिक मन्दीको बेला हामीले जनताकै करबाट आएको पैसा खर्च गरी प्राथमिकरण गरी नगरको सौन्दर्यकरण गर्न हाई मास्ट बत्ती लगाएका छौ । बोटबिरुवा रोपेका छौ । यसमा लगाएको पैसा माथिबाट खसेको पैसा होइन । तार जाली लगाएका छौ । जनशक्ति परिचालन गरी दैनिक सिँचाइ गरेका छौ । सभ्य, जिम्मेवारी नागरिक तथा नगरबासीको परिचय दिऊँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण