जर्मन क्लब फ्रान्कफर्टसँग नेपोलीको २–० को जीत
इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको नेपोलीले फ्रान्कफर्टलाई २–० को पराजित गरेको हो ।
१० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टसँगको नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे ।
ड्युट्से बैंक पार्क फ्रान्कफर्टमा मंगलबार राति भएको खेलको ३६औं मिनेटमा कभिचा कभाराट्सकेलिया पेनाल्टीमा चुक्दा नेपोली अग्रता लिनबाट चुक्यो । तर, ४०औं मिनेटमा भिक्टर ओसिमहेनले हिर्भिङ लोजानोको पासमा गोल गर्दै नेपोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
रान्दल कोलो मुआनीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ५८औं मिनेटमा घरेलु टोली फ्रान्कफर्ट १० खेलाडीमा समेटिन पुग्यो । त्यसपछि ६५औं मिनेटमा जियोभानी डि लोरेन्जोले गोल गर्दै नेपोलीलाई २–० को सहज जित दिलाए ।
यस जितसँगै नेपोली पछिल्लो ९ खेलसम्म अपराजित रहन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण