भारतबाट ल्याइएको अवैध सामान बरामद
बुधबार, १० फागुन २०७९, १२ : १५
झापा । इलाका प्रहरी कार्यालय दमकले भारतबाट ल्याइएको अबैध समान नियन्त्रणमा लिएको छ ।
मंगलबार राति ८ः३० मा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ गोर्खाली टोल स्थित पूर्व पश्चिम राजमार्गमा भारतबाट अवैध रूपमा ल्याई बेवारिसे अवस्थामा छाडिएको समान बरामद गरेको हो ।
रु तीन लाख २२ हजार ६ सय मूल्य बराबरको खाद्यान्न, पेय पदार्थ, रङ र जुत्ताहरू बरामद गरिएको र आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण