आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद चौधरीको निलम्बन फुकुवा, अब संसद् बैठकमा भाग लिन पाउने

बुधबार, १० फागुन २०७९, १४ : ३१
बुधबार, १० फागुन २०७९

काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्बाध रूपमा प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाउने छन् । 

झन्डै ५ वर्ष अघि टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर,  फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता  पुष्पकमल दाहालको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाए पछि ७ फागुनमा रिहा भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप