सांसद चौधरीको निलम्बन फुकुवा, अब संसद् बैठकमा भाग लिन पाउने
बुधबार, १० फागुन २०७९, १४ : ३१
काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।
निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्बाध रूपमा प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाउने छन् ।
झन्डै ५ वर्ष अघि टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर, फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता पुष्पकमल दाहालको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाए पछि ७ फागुनमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण