सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धवलशमशेर राणा : मल कारखाना खोल्नका लागि पर्याप्त बजेट छुट्याइयोस्

बुधबार, १० फागुन २०७९, १४ : ५२
बुधबार, १० फागुन २०७९

काठमाडौँ । राप्रपाका सांसद धवलशमशेर राणाले हरेक वर्ष किसानलाई रासायनिक मलको अभाव हुने गरेको बताउँदै रासायनिक मल कारखाना खोल्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले आगामी बजेटमा मलको कारखाना खोल्नका लागि पर्याप्त बजेटको व्यवस्था गर्न आग्रह गरे । 

उनले भने– ‘देशको सबैभन्दा ठूलो समस्या भनेको मलखादको फ्याक्ट्री हो । हामी सबैको इच्छा छ, देशमा युरिया, डिएपी, पोटास मलको फ्याक्ट्री स्थापना गर्नेतिर लागियोस् । यो विषयमा डिपिआर भएको छ भन्ने मैले सुन्न पाएको छु । अब बजेट आउनुभन्दा अगाडि नै यसको बारेमा तयार गरियोस् । त्यो तयारीको जानकारी यो सदनलाई समेत गराइयोस् ।’

यस्तै सांसद राणाले बाँके र बर्दियाको सिक्टा नहर बनिसकेको तर पप्पु कन्स्ट्रक्सनका कारण केही बाँकी रहेको भन्दै मुद्दा मामिलामा लागेका कारण सो केश सल्ट्याउनका लागि आग्रह गरे । धानखेती सुरु हुनुभन्दा अगाडि कति पुर्याउन सकिन्छ त्यति सिञ्चाइको व्यवस्था गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप