धवलशमशेर राणा : मल कारखाना खोल्नका लागि पर्याप्त बजेट छुट्याइयोस्
काठमाडौँ । राप्रपाका सांसद धवलशमशेर राणाले हरेक वर्ष किसानलाई रासायनिक मलको अभाव हुने गरेको बताउँदै रासायनिक मल कारखाना खोल्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले आगामी बजेटमा मलको कारखाना खोल्नका लागि पर्याप्त बजेटको व्यवस्था गर्न आग्रह गरे ।
उनले भने– ‘देशको सबैभन्दा ठूलो समस्या भनेको मलखादको फ्याक्ट्री हो । हामी सबैको इच्छा छ, देशमा युरिया, डिएपी, पोटास मलको फ्याक्ट्री स्थापना गर्नेतिर लागियोस् । यो विषयमा डिपिआर भएको छ भन्ने मैले सुन्न पाएको छु । अब बजेट आउनुभन्दा अगाडि नै यसको बारेमा तयार गरियोस् । त्यो तयारीको जानकारी यो सदनलाई समेत गराइयोस् ।’
यस्तै सांसद राणाले बाँके र बर्दियाको सिक्टा नहर बनिसकेको तर पप्पु कन्स्ट्रक्सनका कारण केही बाँकी रहेको भन्दै मुद्दा मामिलामा लागेका कारण सो केश सल्ट्याउनका लागि आग्रह गरे । धानखेती सुरु हुनुभन्दा अगाडि कति पुर्याउन सकिन्छ त्यति सिञ्चाइको व्यवस्था गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण