टी–ट्वान्टी स्पट फिक्सिङ प्रकरण : रोहितले पहिले नै भनेका थिए स्पट फिक्सिङ भएको छ
काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगको स्पट फिक्सिङको विषय आफूलाई पहिले नै थहा भएको विराटनगरका कप्तान रोहित कुमार पौड्यलले बताएका छन् । नेपालमा गत पुष ९ गेतेदेखि भएको प्रतियोगितामा स्पट फिक्सिङको विषयमा आफूले एन्टि करप्सन युनिटलाई पहिले नै जानकारी गराएको बताएका छन् ।
विराटनगर सुपर किङ्सले रोहित कुमार पौड्यललाई कप्तानको रूपमा टिममा राखेको थियो । पहिले नै टिमले रोहितलाई मार्की खेलाडीसँगै कप्तानको जिम्मेवारी दिएको थियो । विराटनगरले रोहितलाई प्रतियोगिता सुरु हुनु पूर्व भने कप्तानको जिम्मेवारीबाट हटाएको थियो । वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकार्डीलाई कप्तानको रूपमा राखेको थियो ।
त्यसपछि रोहितले स्पटफिक्सिङ भएको भन्दै एन्टी करप्सन युनिटलाई जानकारी गराएपछि विराटनगरले रोहितलाई नै पुन कप्तानको जिम्मेवारीमा राखेको थियो ।
रोहितले सुरुवाती तीन खेलका कप्तान म्याकार्डी विराटनगरका टिम म्यानेजर राहुल शर्माको निर्देशनमा पावर प्लेमा ३० भन्दा कम रन बनाउन दिएको निर्देशनलाई फलो गरेको कुरा आफूले क्यानको एन्टी करप्सन युनिटलाई सुरुवातमा नै जानकारी दिएको बयान दिएका छन्।
त्यस्तै आफ्नो टिममा सुरुवातमा अनुबन्ध भएका तीन विदेशी खेलाडीको स्थानमा टिम म्यानेजर शर्माले उनीहरुको स्थानमा पुनः तीन खेलाडीलाई अनुबन्ध गर्नुको कारण पनि आफूलाई थाहा नभएको बताएका छन् ।
‘विराटनगर सुपर किड्स र जनकपुर रोयल्स बीच भएको खेलमा विराटनगरका कप्तान म्याकार्डीले टिम म्यानेजर राहुल शर्माको निर्देशनमा पावर प्लेमा ३० भन्दा कम रन बनाउने कुराको विषयमा मैले जानकारी गराएको थिए । यता विराटनगरमा सुरुवातमा आएका तीन विदेशी खेलाडीको स्थानमा नयाँ तीन खेलाडी भित्राउनु पर्ने विषयमा मलाई जानकारी भएन,’ रोहितले भनेका छन् ।
विराटनगरले सुरुवातमा एन्गेलो म्याथुस, जोसुवा प्रेसुद र मिन्दो रानासिंङ्गेको स्थानमा सिकन्दर राजा, हुसेन तलाद र राज राक्की नाननलाई भित्राएको थियो । सिकन्दर राजाले भने स्पट फिक्सिङको शंका मानीबीचमा नै खेल छोडेर गएका थिए । विराटनगरले उनको स्थानमा सञ्जिवा कुमारास्वामीलाई ल्याएको रोहितले बताएका छन् ।
जनकपुरविरुद्धको खेलमा कुमारास्वामीलाई कप्तान म्याकार्डी र म्यानेजर शर्माको निर्देशनमा खेलाएको बताए । कुमारस्वामीले ५ औ ओभरमा बलिङ गर्दा १ वाइड र १ नो बलसहित १९ रन र २० औं ओभरमा बलिङ गर्दा २४ रन दिएको र ब्याटिङ गर्दा पहिलो बल मै स्टम्पिङ आउट भएको रोहितले भनेका छन् ।
‘यो सबै स्पट फिक्सिङ भएको चर्चा चलेपछि मैले कुमारस्वामीलाई सोधेको थिए । उनले आफूले कप्तान र टिम म्यानेजरको निर्देशनमा गरेको भन्दा मैले एन्टी करप्सन युनिटलाई बताएको थिए,’ रोहितले भनेका छन् । विराटनगर सुपर किङ्सका कप्तान म्याकार्डीले टिम म्यानेजर राहुल शर्माको निर्देशन बमोजिम पावर प्लेमा ३० रनभन्दा कम बनाई खेलेको र कुमारास्वामीले २ ओभर ४३ रन दिएको र ब्याटिङ गर्दा पहिलो बल मै स्टम्पिङ आउट भएको गतिविधि टिम म्यानेजर राहुल शर्मा कै निर्देशन बमोजिम भएको बुझिन्छ भन्दै रोहितले रिपोर्ट दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण