नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ८० करोडभन्दा बढीको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको सुधार आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक ३३.५७ अंक बढेर बन्द भएको हो । यससँगै, आज परिसूचक २ हजार ८० अंकमा पुगेर रोकिएको छ ।
कारोबार सुरु हुँदा परिसूचक २ हजार ४९ अंकमा थियो । आज परिसूचकमा उत्साहजनक वृद्धि हुँदा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ भने ४७ लाख ७९ हजार कित्ता सेयर किनबेच भएको छ ।
यसक्रममा आज १६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य घट्दा ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ । लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ भने च्याङ्दी हाइड्रोपावरको सेयर ९.५६ प्रतिशत र दोर्दी खोला जलविद्युत आयोजनाको सेयर ९ प्रतिशतले बढेको छ ।
परिसूचक ३३ अंकले बढेपनि ३ वटा कम्पनीको सूचक भने घटेको छ । आज लघुवित्त समूहको सूचक ६० अंकले घट्दा म्यूचुअल फण्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ । यस्तै, व्यापार समूह ०.०८ अंकले बढेको छ ।
यीबाहेक अन्य सबै समूहमा सुधार आएको छ । कारोबार भएका १३ समूहमध्ये ३ समूहको सूचक घट्दा १० समूहको सूचक बढेको छ । जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १९६ अंकले बढ्दा निर्जीवन बीमा समूहको सूचक १८० अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण