फलफूल व्यवसायको आवरणमा हुन्डी कारोबार, ७१ लाखसहित पटके कारोबारी पक्राउ
काठमाडौँ । फलफूल व्यवसायको आवरणमा हुन्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हिमाचल प्रदेशस्थित सिमलाथाना घर भई काठमाडौँको कुलेश्वर ‘माँ चामुण्डा फ्रुट सेन्टर’ सञ्चालन गर्दै आएका ४९ वर्षीय विजय कुमार गुप्ता रहेका छन् ।
कुलेश्वर एरियामा हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट हुन्डी गर्ने प्रयोजनको लागि सङ्कलन गरेको नगद ५७ लाख र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी जम्मा रु ७१ लाख ८० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिए ।
गुप्ता यसअघि पनि २०७५ साल साउन ७ गते भारतीय रुपैयाँ २ लाख र नेरु ३१ लाख रकमसहित पक्राउ परेर छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष
-
बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण