फलफूल व्यवसायको आवरणमा हुन्डी कारोबार, ७१ लाखसहित पटके कारोबारी पक्राउ

काठमाडौँ । फलफूल व्यवसायको आवरणमा हुन्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हिमाचल प्रदेशस्थित सिमलाथाना घर भई काठमाडौँको कुलेश्वर ‘माँ चामुण्डा फ्रुट सेन्टर’ सञ्चालन गर्दै आएका ४९ वर्षीय विजय कुमार गुप्ता रहेका छन् ।
कुलेश्वर एरियामा हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट हुन्डी गर्ने प्रयोजनको लागि सङ्कलन गरेको नगद ५७ लाख र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी जम्मा रु ७१ लाख ८० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिए ।
गुप्ता यसअघि पनि २०७५ साल साउन ७ गते भारतीय रुपैयाँ २ लाख र नेरु ३१ लाख रकमसहित पक्राउ परेर छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?
-
सङ्घीय निजामती सेवा विधेयकमा मागहरू नसमेटिएपछि नेपाल निजामती कर्मचारी युनियनको आपत्ति
-
आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत