बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा लुटपाट गरेको आरोपमा ३ जना युवा पक्राउ

बुधबार, १० फागुन २०७९, १९ : ०५
बुधबार, १० फागुन २०७९

बुटवल । बुटवलमा रातिको समयमा यात्रुलाई धम्क्याए लुटपाट गरेको आरोपमा ३ जना युवालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवलको देवी नगरका आदर्श हमाल, पदम बहादुर पुन र अंकित बिक रहेका छन् । यस्तै प्रहरीले चक्कु, फलामको पन्च, लुटपाट गरेका मोबाइल र लुटेको रकमसहित उनीहरुललाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरुविरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप